14/04/2026
Wishing everyone a bright and joyful New Year 2083 ❤️!
May this year bring happiness, success, and good health to you and your family.
Let’s welcome new beginnings with hope and positivity.
Loving Father/Responsible Son/Caring Husband, Charted Accountant by Profession & Cooperator by heart
Badri Kumar Guragain is the CEO of National Cooperative Bank Ltd (NCBL) Nepal with 16 years of overall experience in Finance, Management, consulting, and Development Sector. He is first Nepalese CA completing Special Managerial training from Institute of Chartered Accountants of India in collaboration with IIM. He served as a Senior Technical Advisor (Finance & System) of International Planned Par
14/04/2026
Wishing everyone a bright and joyful New Year 2083 ❤️!
May this year bring happiness, success, and good health to you and your family.
Let’s welcome new beginnings with hope and positivity.
07/04/2026
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त हुनुभएकोमा श्री किरण पण्डितज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
हार्दिक बधाई !!!
03/04/2026
६९औँ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना।
02/04/2026
सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने प्रभावकारी उपकरण निक्षेप फिर्ता सुविधा कोष (डीआरएफएफ) हो । यो सरकारले अनुदान दिएर डुब्न लागेको संस्था बचाउने (बेलआउट) प्याकेज होइन, शुरुमा सरकारले निश्चित कोष उपलब्ध गराएर बचत फिर्ता गराउने, अनि त्यही सहकारीको सम्पत्ति व्यवस्थापन गरी पुनः खातामा रकम फर्काउने रिभल्भिङ कोष हो ।
सरकारी पैसा खर्च नगरी फिर्ता हुन सक्छ सहकारीपीडितको निक्षेप नेपालको सहकारी आन्दोलन आधुनिक राज्य संरचनाभन्दा धेरै अघि विकसित भएको सामाजिक अभ्यासबाट जन्मिएको हो। औपचारिक बै...
01/04/2026
कान्छोको किर्ति ❤️
26/03/2026
चैते दशैंको हार्दिक शुभकामना।
चैते दशैंको हार्दिक मंगलमय शुभकामना।
22/03/2026
सहकारी बैंकले ल्यायो ‘सुनौलो कर्जा’ योजना, अब ऋण लिन बैंक धाउनु नपर्ने ललितपुर : अर्थतन्त्रमा आएको सुस्तताका कारण ठूला कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्था...
21/03/2026
Eid al-Fitr Mubarak🌙🕌
Eid al-Fitr Mubarak!
🌙🕌
16/03/2026
ग्लोबल मनी विक २०२६ को अवसरमा राष्ट्रिय सहकारी बैंकद्वारा “वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन
ललितपुर । राष्ट्रिय सहकारी बैंक ले ग्लोबल मनी विक २०२६ को अवसरमा “वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन गरेको छ।
बैंकले 'Smart Money Talks' भन्ने नाराका साथ सोमबार भर्चुअल माध्यममार्फत सञ्चालित कार्यक्रमले सदस्य सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापनमा सहयोग पुग्नुको साथै वित्तीय साक्षरता सम्बन्धी चेतना, ज्ञान र सिपको अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सहकारी संस्थाहरू आर्थिक सशक्तीकरणका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले सहकारी संस्थामा आबद्ध सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरूले आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरताबारे सचेत गराउनुपर्ने बताउनुभयो।
उहाँका अनुसार वित्तीय साक्षरताले व्यक्तिलाई आम्दानी व्यवस्थापन, खर्च नियन्त्रण, बचत तथा लगानीको सही योजना बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्छ। यसले व्यक्तिलाई आफ्नो आर्थिक अवस्था बुझ्न, वित्तीय लक्ष्य निर्धारण गर्न र भविष्यका लागि सुरक्षित आर्थिक मार्गचित्र तयार गर्न सहयोग पुर्याउँछ। अध्यक्ष गिरीले सहकारीका सदस्यहरूलाई वित्तीय साक्षरताबारे सचेत गराउन सके सहकारी संस्थाहरूको वित्तीय अनुशासन र पारदर्शिता बढ्ने तथा सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहकारी प्रशिक्षक कुवेर निरौलाले वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्दै वित्तीय योजना, बचतको महत्व, आय-व्यय व्यवस्थापन, कर्जाको सदुपयोग तथा वित्तीय जोखिम व्यवस्थापनजस्ता विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। उहाँले डिजिटल कारोबारलाई प्राथमिकता दिइ डिजिटल वित्तीय सेवाहरूको प्रयोग प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको समापन गर्दै बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेलले वित्तीय साक्षरता आजको समयको महत्वपूर्ण आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले सहकारी क्षेत्रमार्फत समुदायस्तरमा वित्तीय शिक्षाको पहुँच विस्तार गर्न सके आर्थिक समावेशीकरण र दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
बैंकको व्यवसाय विकास डिभिजनका प्रमुख मधु रायमाझी ले सञ्चालन गर्नुभएको कार्यक्रममा देशभरका विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरू, सञ्चालक तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर-किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो ।
राष्ट्रिय सहकारी बैंकले पनि यस अभियानलाई सहकारी क्षेत्रसँग जोड्दै आफ्ना शाखा कार्यालयहरूमार्फत देशभर वित्तीय साक्षरता कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। बैंकका अनुसार सहकारी संस्थामार्फत समुदायस्तरमा वित्तीय शिक्षाको पहुँच बढाउँदै आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने जनाएको छ।
अमेरिका–इजरायल–इरानबीचको बढ्दो तनाव र युद्धको प्रभावले केही समयपछि नेपालमा ग्यास र पेट्रोलियम आपूर्तिमा के अवस्था होला भन्ने चिन्ता बढ्न थालेको छ। फेरि जोर/बिजोर प्रणाली लागु हुने दिन त आउँदैनन्?
विश्वका ठूला शक्तिहरूको द्वन्द्वको भारी अन्ततः कमजोर र गरीब राष्ट्रहरूले समेत बोक्नुपर्छ।
आफ्ना समस्या त आफ्नै छन्, तर अरूको संकटको असर पनि भोग्नुपर्ने विडम्बना!
श्री पशुपतिनाथले रक्षा गरुन!
02/03/2026
होली अर्थात् फागु पूर्णिमाको हार्दिक शुभकामना।